३१ आश्विन २०८३, शनिबार

दैवी प्रकोप व्यवस्थापन कोषमा ४ लाख बढी रकम संकलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisa– रबिना बोहरा
बागलुङ, ३१ वैशाख । बागलुङमा जिल्ला दैवी प्रकोप व्यवस्थापन कोषमा विहीबार सम्म ४ लाख बढी रुपैया राहत रकम संकलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङले भूकम्प पीडितका लागी सञ्चालन गरेको कोषमा विहीबार सम्ममा ४ लाख ५४ हजार ८ सय ८५ रुपैया संकलन भएको हो । गंगाप्रसाद अधिकारी ‘दिपक’ ले २ लाख, डा. सुर्य पाठकले १ लाख, जिल्ला विकास समितिको कार्यालय बागलुङले ५६ हजार २ सय ५०, महिला सहकारी नरेठाटीले ५० हजार ६ सय ३५, सापकोटा कुल देवता मालिकाले १८ हजार, रत्ना दिदी ओझाले ३० हजार गरेर जम्मा उक्त रकम संकलन भएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले दिएको जानकारी अनुसार बागलुङ जिल्ला स्थित विभिन्न संघ संस्थाहरुले राहत रकम संकलन गरेको बताउनुभयो । विभिन्न संघ संस्थाहरुले राहत रकम संकलन गर्ने अभियान जारी रहेको भन्दै आगामी दिनमा अझै रकम थप हुन सक्ने उहाँको भनाई थियो ।

संकलित रकमलाई भूकम्पबाट प्रभावित भएका मानिसहरुका लागी सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । कोषमा जम्मा भएको रकमबाट भूकम्प पीडितका लागि कसरी सहयोग गर्न सकिन्छ भन्ने छलफलपछि राहत रकम वा राहत सामाग्री प्रदान गरिने पनि कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लामा रहेका विभिन्न संघ संस्थाहरुले आफै रकम संकलन गरेर प्रशासन संग संवन्वय गरि राहत सामग्री वितरण गरेको बताउनुभयो ।

यस्तै अहिलेसम्म १ हजार २ सय ७५ घरलाई ५ हजारका दरले राहत वितरण गरेको उहाँले बताउनुभयो । पौडेलको अध्यक्षतामा बसेको बैठकले तिन वटै क्षेत्रमा राहत नपाएका पिडितहरुलाई ९ सय पाल थप वितरण गर्ने निर्णय भएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बागलुङले यस अघि १२ सय भुकम्प पिडितहरुलाई ४ भन्दा बढी त्रिपाल वितरण गरेको थियो ।

यसैगरी नेपाल उद्योग बाणिज्य संघ बागलुङ, नेपाल रेडक्रस सोसाइटी बागलुङ र नेपाल पत्रकार महासंघ बागलुङको संवन्वयमा नेपाल बैङमा सञ्चालन गरिएको खातामा उद्योग बाणिज्य संघले १ लाख ५० हजार जम्मा गरेको बताईएको छ ।