
काठमाडौं, ६ पुस । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा निर्धारित समयभन्दा आधा घण्टा ढिलो मतदान सुरु भएको छ ।
बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि आधा घण्टा ढिलो मतदान सुरु भएको हो ।
संसदीय दलको नेताका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उम्मेदवारी रहेको छ ।











प्रतिक्रिया