१ मंसिर २०८३, मंगलबार

ट्वीटरको सीईओ पद छाड्ने एलन मस्कको घोषणा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । विश्वका सर्वाधिक धनी व्यक्ति तथा टेस्ला कम्पनीका संस्थापक एलन मस्कले चर्चित सामाजिक सञ्जाल ट्वीटरको सीईओ पद छोड्ने घोषणा गरेका छन् ।

बुधबार बिहान एक ट्वीट गर्दै मस्कले सीईओ पदबाट राजीनामा दिने बताएका हुन् । उनले आउँदो दिनमा सफ्टवेयर र सर्भर मात्र चलाउने जनाएका छन् ।

केहिदिन अघि उनले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठिक होला कि नहुँदा ठिक होला भनेर ट्वीटरमा भोटिङ पोल गरेका थिए । तर अधिकांश ट्वीटर प्रयोगकर्ताहरुले पदबाट हटाउनको लागि भोट गरेका थिए ।

एक करोट ७० लाख भन्दा बढी ट्वीटर प्रयोगकर्ताहरू मध्येबाट ७५.५ प्रतिशतले मस्कको विपक्षमा भोट गरेका थिए ।

मस्क कार निर्माता टेस्ला र रकेट फर्म स्पेसएक्सका समेत मालिक पनि हुन् ।

उनी अक्टोबर २७ मा ट्वीटरको प्रमुख भएदेखि बारम्बार विवादमा आएका थिए ।

मस्कले ट्वीटरका कम्पनीका आधा कर्मचारीलाई बर्खास्त गरेको, पत्रकारहरूलाई प्रतिबन्ध लगाएको र पहिले निः शुल्क सेवाहरूको लागि शुल्क लिन खोजेपछि उनको विरुद्ध आक्रोश बढेको थियो ।