३१ आश्विन २०८३, शनिबार

केलियन एमबाप्पेले मनाए आफ्नो २४ औं जन्मदिन

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले मंगलबार आफ्नो २४ औं जन्मदिन मनाएका छन् ।

एमबाप्पेले सामाजिक सञ्जालमा केकसहितको आफ्नो तस्वीर राख्दै जन्मदिनको अवसरमा शुभकामना दिनेहरुको लागि धन्यवाद व्यक्त गरेका छन् ।

हालै कतारमा सम्पन्न २०२२ फिफा विश्वकपमा अर्जेन्टिनाविरुद्ध आइतबारको फाइनलमा ह्याट्रिक सहित ८ गोल गर्दै एमबाप्पेले विश्वकप गोल्डेन बुट अवार्ड जितेका छन् ।

एमबाप्पेले सन् २०१७ मा फ्रान्सका लागि १८ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए । सन् २०१८ को फिफा विश्वकपमा एमबाप्पे विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छो फ्रान्सेली खेलाडी बनेका थिए ।

२० डिसेम्बर १९९८ मा पेरिसमा जन्मेका एमबाप्पेले सन् २०१५ बाट सिनियर क्लब मोनाकोबाट फुटबल करियर सुरु गरेका थिए । हाल एमबाप्पे फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लागि फुटबल खेलिरहेका छन् ।