
काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइराला प्रकाशमान सिंह निवास चाक्सीबारीमा पुगेका छन् ।
मंगलबार साँझ थापा र नेता कोइराला चाक्सीबारीमा पुगेर सिंहसँग भेटवार्ता गरेका हुन् । संसदीय दलको नेताका लागि उम्मेदवारी दिएसँगै थापा र कोइराला चाक्सीबारी पुगेका हुन् ।
कुनै पनि पक्षमा नखुलेका सिंहलाई फकाउन नेताद्वय चाक्सीबारी पुगेका हुन् ।
हालसम्म सिंह कतै पनि खुलेका छैनन् । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुँदैछ ।















प्रतिक्रिया