
काठमाडौं, ५ पुस । नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य बद्री बजगाईँलाई केन्द्रीय कमिटीबाट निलम्बन गरेको छ ।
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी महिला कार्यकर्तालाई अश्लिल म्यासेज पठाएको सार्वजनिक भएसँगै बजगाईँ पार्टीले निलम्बन गरेको हो ।
‘पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईंको विषयमा पार्टीकै भातृ संगठन अनेरास्ववियू ९क्रान्तिकारी० मा कार्यरत एकजना महिला कमरेडको निवेदन र सामाजिक सञ्जाल फेसबुकबाट पठाइएका अश्लील म्यासेजहरुको प्रतिलिपिसहित बागमती प्रदेश कार्यालयको सिफारिसका आधारमा निज बद्री प्रसाद बजगाईंलाई आजकै मितिबाट लागू हुने गरी केन्द्रीय समितिबाट निलम्बन गरिएको छ’, माओवादीद्वारा जारी सर्कुलरमा भनिएको छ ।
यसबारेमा सत्य तथ्य बुझी आवश्यक छानविन गरी लिखित प्रतिवेदन १० दिनभित्र पेश गर्ने पनि पार्टीले अनुशासन आयोगलाई निर्देशन पनि दिइएको छ ।















प्रतिक्रिया