
काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गरेका छन् ।
बुधबार हुने संसदीय दलको नेताको निर्वाचनका लागि देउवा र थापाले उम्मेदवारी दर्ता गरेका हुन् ।
मंगलबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेर देउवा र गगनले उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ताका लागि देउवा र थापा दुवै जनासँगै पुगेका थिए ।
देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन् भने महामन्त्री थापाको समर्थकमा शेखर कोइराला तथा प्रस्तावाकमा धनराज गुरूङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल रहेका छन्।















प्रतिक्रिया