
काठमाडौं, ३ पुस । फिफा विश्वकप कतार २०२२ को फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच भइरहेको देल अतिरिक्त समयमा लम्बिएको छ ।
निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको हो ।
निर्धारित समयको पहिलो हाफमा दुई गोल गरेर अर्जेन्टिनाले करिब जितलाई सुनिश्चित बनाएको थियो । दोस्रो हाफको अन्तिमसम्म पनि फ्रान्सले गोल गर्ने अवसर समेत सृजना गर्न सकेको थिएन ।
तर दोस्रो हाफका अन्तिमतिर फ्रान्सले ९० सेकेण्डमै दुई गोल गरेर खेललाई बराबरीमा फर्कायो ।















प्रतिक्रिया