भक्तपुर, ३१ वैशाख । भक्तपुर जिल्ला अदालतबाट मङ्गलबार पराकम्पन आएपछि फरार एक अभियुक्तलाई सूर्यविनायकबाट प्रहरीले पुनः बुधबार पक्राउ गरी आज जिल्ला अदालतमा पेस गरेको छ ।
जबर्जस्ती करणीमा यही वैशाख ३ गते भक्तपुरको च्यामासिंहबाट पक्राउ परेका सिन्धुपाल्चोक घर भएका गाडीका खलासी २१ वर्षीय रवि नेपालीलाई महानगरीय प्रहरी वृत्त थिमिका प्रहरीनायब उपरीक्षक देवेन्द्र पालको टोलीले सूर्यविनायकबाट आज पुनः पक्राउ गरेको हो । । म्याद थपका लागि प्रहरीले जिल्ला अदालत लग्दा वैशाख २९ गते पराकम्पन आएपछि उनी फरार थिए । रासस















प्रतिक्रिया