१ मंसिर २०८३, मंगलबार

श्रीमतीलाई कुटपिट गरेर घाइते बनाएर अस्पताल पठाएपछि युवकले गरे आत्महत्या

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १ पुस । मकवानपुरमा एक युवकले आफ्नै श्रीमतिलाई कुटपिट गरी घाइते बनाएर अस्पताल पठाएपछि आत्महत्या गरेका छन् ।

गएराति जिल्लाको इन्द्रसरोवर गाउँपालिका-५ का खड्पु नेवार गाउँका ३० वर्षीय बुद्धिराम बलामीले आफ्नै घरमा श्रीमती २४ वर्षीया आस्था बलामीलाई कुटपिट गरेर घाइते बनाएर अस्पताल पठाएपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार बुद्धिरामले श्रीमतीलाई कुटपिट गरी घाइते बनाएर उपचारको लागी पाटन अस्पताल पठापछि विषादी सेवन गरेर आत्महत्या गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।