
काठमाडौं, १ पुष । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोष बर्खास्त भएका छन् ।
कतार फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगल फुटबल महासंघले उनलाई बर्खास्त गरेको हो ।
विश्वकपको नकआउट र क्वाटरफाइनलमा खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोषको चर्को आलोचना भएको थियो ।
पहिलोपटक क्वार्टरफाइनल पुगेको मोरक्कोसँग हारेपछि प्रशिक्षक सान्तोषको आलोचना थप बढेको थियो ।















प्रतिक्रिया