१ मंसिर २०८३, मंगलबार

आजको मौसमः तराईमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन् ।

महाशाखाले बिहीबार तराईका केही भू–भागमा हुस्सु र कुहिरो लाग्ने जनाएको छ भने पहाडी भू–भागको मौसममा आंशिक बदली रहने जनाएको छ ।

महाशाखा अनुसार यस्तो छ आजको मौसमः

२०७९ मंसिर २९ गते  (बिहीबार)

दिउँसोː गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीː लुम्बिनी प्रदेशका साथै प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।