१ मंसिर २०८३, मंगलबार

पूर्वप्रधानपञ्च चित्रकारको बिहीबार अन्त्येष्टि गरिने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । काठमाडौं नगर पञ्चायतका दिवङ्गत पूर्वप्रधानपञ्च कमल चित्रकारको बिहीबार बिहान अन्त्येष्टि गरिने भएको छ । लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित चित्रकारको वीर अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको छोरी कुसुमले जानकारी दिइन् ।

स्वर्गीय चित्रकारका श्रीमती, दुई छोरा र दुई छोरी छन् । हाल उनको शव महाराजगञ्जस्थित शिक्षण अस्पताल टिचिङमा राखिएको छ । विद्यार्थी राजनीतिमा सक्रिय चित्रकारले नेपाली कांग्रेस निकट नेपाल तरुण दलको महामन्त्री रहेर काम गरेका थिए । उनी राजनीतिक जीवनमा चार वर्ष जेल परेका थिए ।

विसं २०३८ मा काठमाडौं महानगरको प्रधानपञ्च बनेका चित्रकारले त्यसबेला रत्नपार्क भोटाहिटी जोड्ने अन्डरपास निर्माणलगायतका विविध कामहरू गरेका थिए । रासस