काठमाडौँ, ३१ वैशाख । गत वैशाख १२ गते र २९ गते गएको भूकम्पमा परी आठ हजार २ सय ५० जनाको ज्यान गएको छ ।
गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारी अनुसार वैशाख १२ गतेको भूकम्पबाट आठ हजार १५४ र २९ गतेको भूकम्पबाट ९६ जनाको मृत्यु भएको हो ।
पछिल्लो तथ्याङ्कअनुसार हालसम्म पूर्ण क्षति हुने सरकारी कार्यालयको सङ्ख्या ६ सय ७३ र आंशिक क्षति भएका कार्यालयको सङ्ख्या एक हजार ७ सय ४२ रहेको छ ।
भूकम्पबाट सर्वसाधारणका चार लाख ७९ हजार ३०८ घर पूर्णरुपमा क्षति भएका छन् भने दुई लाख ६३ हजार २६ घर आंशिक क्षति भएका छन् । रासस ।
















प्रतिक्रिया