३१ आश्विन २०८३, शनिबार

पोर्चुगल विश्वकपबाट बाहिरिएपछि रोनाल्डोकी पत्नीले थर्काइन् प्रशिक्षक सान्तोषलाई

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । पोर्चुगलका फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोकी पत्नी जर्जिना रोड्रिग्वेजले कतारमा जारी विश्वकपबाट पोर्चुगल बाहिरिएपछि प्रशिक्षक फर्नान्डो सान्तोषको चर्को आलोचना गरेकी छिन् ।

पोर्चुगल बाहिरिएपछि सामाजिक सञ्जालमा लेख्दै रोड्रिग्वेजले पोर्चुगलका टीम म्यानेरलाई सम्बोधन गर्दै प्रशिक्षक सान्तोषको आलोचना गरेकी हुन् ।

गएरातिको खेलमा प्रशिक्षक सान्तोषले रोनाल्डोलाई बेन्चमा राखेर खेलको ५१औँ मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मात्रै मैदान प्रवेश गराएका थिए ।

‘आज तपाईँको कोच तथा साथीले गलत फैसाल गरेका छन् । ति साथी जसलाई तपाईँले धेरै भरोसा र सम्मान गर्नुभयो । तपाईँ आउने बित्तिकै एकाएक कसरी खेल परिवर्तन भएको थियो । तर त्यतिबेलासम्म ढिला भइसकेको थियो’, उनले लेखेकी छिन्, ‘दुनिँयाकै उत्कृष्ट खेलाडीलाई यसरी सामन्य रुपमा लिनु हुँदैन थियो । तपाईँ रोनाल्डोका अगाडि उभिन सक्नुहुन्न । किनकी तपाईँ अगाडि उभिन लायक हुनुहुन्न । हामी हारेका छैनौँ । सिकेका छौँ ।’