३१ आश्विन २०८३, शनिबार

पाँच पटकको विश्व विजेता ब्राजिललाई क्रोएसियाले स्तब्ध पारेपछि… (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । शुक्रबार राति भएको फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा पाँच पटकको विश्वविजेता टोली ब्राजिल क्रोएसियासँग पराजित भयो ।

एजुकेसन सिटी रंगशालामा भएको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा समियो । त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले एक–एक गोल गरेर खेललाई पुन: बराबरीको स्थितिमै कायम राखे ।

त्यसपछि भएको पेनाल्टी सुटआउटमा ब्राजिललाई स्तब्ध पार्दै क्रोएसिया फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको हो । पेनाल्टी सुटआउटमा क्रोएसियाले ब्राजिललाई ४–२ ले स्तब्ध पार्दै आफू सेमिफाइनलमा पुग्यो भने ब्राजिललाई घर फर्काइदियो ।

क्रोएसियासँग पराजित भएसँगै विश्वकपको दाबेदार ब्राजिललाई ठूलो झड्का लागेको छ । ब्राजिल पाँचपटकको विश्वकप विजेता देश हो । विजेता क्रोएसियाले भने अव सेमिफाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ ।

हेरौँ ब्राजिल र क्रोएसियाबीच भएको खेलको मुख्य–मुख्य तस्वीरहरू–

तस्वीरहरू : सिन्हवा, एएफपी र एपी ।