३१ आश्विन २०८३, शनिबार

विश्वकप फुटबलको क्वाटरफाइनल आजदेखि, कुन-कुन देश भिड्दैछन् ?

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीरः फिफा

काठमाडौं, २३ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शुक्रबारदेखि क्वाटरफाइनलका खेल सुरु हुँदैछ ।

आज राती ८ः४५ बाट सुरु हुने पहिलो क्वाटरफाइनल खेलमा ब्राजिल र क्रोएसिया भिड्दैछन् ।

यसैगरी, आजै हुने दोस्रो क्वाटरफाइनल खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्स भिड्दैछन् ।

अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

क्वाटरफाइनलका बाँकी दुई खेल भोलि शनिबार हुनेछ । शनिबारको पहिलो खेलमा मोरक्को र पोर्चुगल भिड्ने छन् भने दोस्रो अन्तिम खेलमा फ्रान्स र इंग्ल्यान्ड भिड्ने छन् ।