विराटनगर, ३० वैशाख । मङ्गलबारको भूकम्पबाट थप दुईको मृत्यु भएपछि पूर्वाञ्चलमा मृतकको सङ्ख्या तीन र घाइतेको सङ्ख्या ६१ पुगेको छ ।
इटहरी–२० बस्ने ९५ वर्षीया सन्तमाया भुजेल र उदयपुर ठोक्सिला–३ बस्ने ३७ वर्षीया कृष्णकुमारी श्रेष्ठको गएराति मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
भूकम्पको कारण भाग्ने क्रममा घाइते भएकी भुजेलको गएराति आफ्नै घरमा र घाँस काटन गएकी श्रेष्ठ रूखमा चढेको समयमा भूकम्प आउँदा रूखबाट लडेपछि उपचारका क्रममा मृत्यु भएको हो ।
यसअघि, भूकम्प आएको बेला हृदयघात भएर सुनसरीको रामधुनी–१० बस्ने ६५ वर्षीया दिलकुमारी राईको मृत्यु भएको थियो ।
भूकम्पबाट जोगिन भाग्ने क्रममा सिरहामा आठ, मोरङमा सात, सप्तरीमा ६, ओखलढुङ्गामा पाँच, तेह्रथुममा पाँच, धनकुटामा तीन, सङ्खुवासभामा चार र सोलुखम्बुमा तीनजना घाइते भएका छन् ।
त्यसैगरी, झापामा पाँच, सुनसरी, इलाम, उदयपुर र पाँचथर र भोजपुरमा दुई÷दुईजना घाइते भएका छन् र खोटाङमा एकजना घाइते भएका हुन् ।
रासस















प्रतिक्रिया