
काठमाडौं, १८ मंसिर । बाजुराबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेको पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्णबहादु थापालाई पराजित गरेका हुन् ।
पाण्डेले ३१ हजार ७ सय ८६ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार थापाले २६ हजार ३ सय ४९ मत पाएका छन् ।
यस्तै, राप्रपाका उम्मेदवार जंग कुमार गिरीले २ सय ७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले १ सय १४ मत पाए ।















प्रतिक्रिया