३१ आश्विन २०८३, शनिबार

लुम्बिनी प्रदेश फाइनलमा प्रवेश

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । साविक विजेता लुम्बिनी प्रदेश काठमाडौंमा जारी यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

टीयू क्रिकेट मैदानमा शनिबार भएको खेलमा मधेश प्रदेशलाई ५८ रनले पराजित गर्दै लुम्बिनी फाइनल पुगेको हो ।

लुम्बिनीले दिएको २२३ को लक्ष्य पछ्याएको मधेश ४५.४ ओभरमा १६४ रनमा अलआउट भयो । मधेशका लागि मयन यादवले ४५ बलमा ३८ रन बनाए ।

सरफराज मन्सुरले ३१ रन बनाए । अलि अन्सारीले २२ तथा डब्लु मल्लिकले १८ रन बनाए । लुम्बिनीका लागि अभिसेक गौतमले ३ र विशाल बिक्रम केसीले समान ३/३ विकेट लिए ।

तुल बहादुर थापा, दुर्गेश गुप्ता र निर्मल गुरुङले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ९ विकेटको क्षतिमा २२२ रन बनाउन सक्यो ।

जितसँगै लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुगेको छ । अब सोमबार हुने फाइनलमा लुम्बिनीले सुदुरपश्चिम प्रदेशको सामना गर्नेछ ।

प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।