
काठमाडौं, १७ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहा बालेन बेलाबेलामा विवादमा परिरहन्छन् । पद पम्हालेदेखि नै बालेनले प्रशंसा साथै आलोचना पनि खेप्दै आएका छन् ।
पद सम्हाले लगत्तै बालेनले महानगरपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गराए। साहको उक्त कदमलाई कतिले ‘सस्तो लोकप्रियता’ भने त कतिले पारदर्शिता हुने भन्दै प्रशंसा पनि गरे।
बालेनले आलोचना खेप्नु परेको अर्को विषय हो फोहोर । मेयर निर्वाचित भएसँगै महानगरपालिकाभित्रको फोहोर व्यवस्थापन गरिने नुवाकोट जिल्लामा पर्ने स्थानका स्थानीयवासीले विभिन्न माग राख्दै अवरोध गरेपछि उपत्यकामा कैयौँ दिनसम्म फोहोर उठ्न सकेको थिएन। जसले गर्दा फोहोरसमेत उठाउन नसकेको भन्दै उनको आलोचना भयो ।
बालेनले प्रशंसा तथा आलोचना खेपेका र खेप्दै आएका अर्को विषय हो । फुटपाथ व्यवस्थापन । फुटपाथका लागि छुट्टाइएको क्षेत्रमा व्यापार गर्नेहरूप्रति कडा नीति लिएका शाहले नगर प्रहरीलाई त्यस्ता व्यापारीलाई हटाउने निर्देशन दिएका थिए। सोही अनुसार नगर प्रहरीले साना व्यापारीका सामानहरू फाल्नेदेखि जबरजस्ती ठेलागाडा एवं सामानहरू जफत गर्ने गरेका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भए। कतिपयले उनको यो कदमको कतिले प्रशंसा गरे भने कतिले आलोचना पनि गरे ।
बालेनको अर्को कदम भूमिगत पार्किङमा कडाईले पनि बालेनले आलोचना तथा प्रशंसा दुवै दिलायो भूमिगत पार्किङको स्वीकृति लिएर महानगरपालिकाबाट नक्सा पास गरेका तर त्यस्ता पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग गरेका भवन सञ्चालकलाई कारबाही गर्दा पनि मेयर शाहको आलोचना र प्रशंसा दुवै भयो।
टुकुचा खोज्ने अभियानले पनि उनलाई चर्चाको शिखरमा राख्यो । बालेनले टुकुचा खोलामाथि बनेका संरचनाहरू पनि भत्काउने कार्य अघि बढाएपछि त्यसलाई लिएर पनि उनको चर्को आलोचना भयो भने कतिले उनको प्रशंसा पनि गरे।
हालसालै मात्र चर्चामा रहेको अर्को विषय हो सुकुम्बासीको विषय थापाथलीस्थित वाग्मती नदी किनारामा रहेको सुकुम्बासी बस्ती हटाउने उनको प्रयाससँगै उनले चर्को आलोचन खेपेका छन् भने प्रशंसा पनि बटुलेका छन् । त्यसका लागि महानगरपालिकाको टोली स्काभेटरसहित उक्त बस्तीमा पुग्दा त्यहाँ झडपसमेत भयो।















प्रतिक्रिया