१ मंसिर २०८३, मंगलबार

स्याङ्जा-२ः मतान्तर घटाउँदै एमालेकी उम्मेदवार अर्याल

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । स्याङ्जा २ को जारी मतगणनामा नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले मतान्तर घटाएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार यहाँ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ अघि छन् ।

कांग्रेसका गुरुङले १७ हजार २२१ मतसहित अग्रता कायम राखेका छन् भने उनलाई एमालेकी अर्यालले १५ हजार ९०८ मतसहित पछ्याइरहेकी छन् ।

अहिले गुरुङ र अर्यालबीचको मतान्तर १ हजार ३१३ रहेको छ । यसअघि गुरुङ २ हजार २ सय बढी मतले अघि थिए ।

यसैगरी, जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका टिक राज गुरुङले ६ हजार ३३७ मत प्राप्त गर्दा राप्रपाका लालगोपाल अर्यालले ३८७ मत प्राप्त गरेका छन् ।