३० आश्विन २०८३, शुक्रबार

अमेरिकी राजदूतलाई भेटेकोबारेमा बालेनले भीम रावललाई फर्काए जवाफ

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । काठमाडौं महानगरपालिकामा मेयर बालेन साहले नेकपा एमालेका नेता भीम रावललाई फर्काएको जवाफ अहिले चर्चामा छ ।

नेता रावलले अमेरिकी राजदूत डीन थम्पसनले मेयर साहलाई भेटेकोमा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर भेटेको हो कि होइन ? भन्दै प्रश्न गरेका थिए ।

बालेनले रावलले उठाएका विषयलाई खण्डन गर्दै परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आफूलाई भेट्न आएपछि राजदूत डीन थम्पसनसँग भेटेको बताएका हुन् । अमेरिकी राजदूतले पटक पटक भेट्न खोज्दा आफूहरुले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेको र अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि भेटेको बालेनले बताएका छन् ।

भेटका क्रममा महानगरलाई आर्थिक सहयोगका लागि आएको प्रस्ताव अस्वीकार गरेको समेत बालेनले दाबी गरेका छन् । बरु अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर पाटी पौवा बनाइदिन सहयोग गर्ने भनेर बताएको उनको भनाइ छ ।

त्यस्तै, एमसीसीमार्फत उत्पादन भएको विद्युत विदेशीलाई बेच्नेभन्दा पनि नेपालमै त्यसको प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्ने आफूले धारणा राखेको बालेनले बताएका छन् ।