२९ आश्विन २०८३, बिहिबार

समयमै संविधान बन्छः गच्छदार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

INDIA-NEPAL-DIPLOMACYवीरगन्ज(पर्सा), १८ जेठ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले तोकिएको समयमै नयाँ संविधान जारी हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

मधेसी पत्रकार समाज पर्साले आइतवार गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै अध्यक्ष गच्छदारले संविधानसभाबाटै संविधान जारी होेस् भन्ने आफूहरुको चाहना रहेको बताउनुभयो ।

उहाँले एकलौटीरुपमा बहुमतको आधारमा संविधान जारी गर्न खोजिए त्यो स्वीकार्य नहुने बताउनुभयो । सम्पूर्ण दलहरुको सहमति र समझदारीमा संविधान जारी हुनुपर्नेमा अध्यक्ष गच्छदारको जोड थियो ।

अघिल्लो संविधानसभामा भएका सहमतिको स्वामित्व ग्रहण गरेर अगाडि बढ्ने सहमति नभएसम्म सदन अवरुद्ध नै रहने उहाँको भनाइ थियो । संविधान जारी गर्ने सवालमा सम्पूर्ण दल, जनजातिलगायतसँग सहमति हुनुपर्ने उहाँले बताउनुभयो ।

सम्पूर्ण मधेसवादी दलहरुबीच एकता अत्यावश्यक रहेकामा जोड दिँदै उहाँले चुनावको समयमा आफूले एकताको प्रयास गरेपनि सफल नभएको र चुनावको परिणामले पनि एकता अपरिहार्य रहेको देखाएको बताउनुभयो ।