३० आश्विन २०८३, शुक्रबार

बाजुरामा जुट्यो सहमति, मतगणना सुरु हुँदै

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । बाजुरामा मतगणनका लागि सहमति जुटेको छ ।

नेकपा एमालेको विरोधका कारण सुरु हुन नसकेको मतगणना आजबाट भने सुरु हुने भएको हो । आज बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि गणना सुरु हुने भएको हो ।

गणना दिउँसो साढे तीन बजेबाट सुरु हुने बताइएको छ ।

मंसिर ४ गते निर्वाचनका दिन कांग्रेस कार्यकर्ताले नेकपा एमालेका विद्यार्थी नेता चेतन ऐडीको हत्या गरेपछि एमालेले हत्यारालाई पक्राउ गरेर कारबाही अगाडि नबढाएसम्म मतगणनामा सहभागी नहुने अडान लिएपछि मतगणना सुरु हुन सकेको थिएन ।