
काठमाडौं, १५ मंसिर । ४ मंसिरमा भएको निर्वाचनको समानुपातिकतर्फको १ करोड २ लाख ३० हजार ६५५ मतगणना हुँदा नेकपा एमालले अग्रता कायम राखेको छ ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको जारी मतगणनामा नेकपा एमाले २७ लाख २८ हजार ६२३ मतसहित पहिलो स्थानमा रहेको छ भने नेपाली कांग्रेस २५ लाख ९८ हजार ५५६ मतसहित दोस्रो स्थानमा रहेको छ ।
यसैगरी, नेकपा माओवादी ११ लाख ५४ हजार ४६६ मतसहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख ५ हजार ६८० मतसहित चौथो र राप्रपा ५ लाख ८० हजार १७१ मतसहित पाँचौ स्थानमा रहेको छ ।













प्रतिक्रिया