१ कार्तिक २०८३, आइतबार

नवनिर्वाचित सांसद सीके राउतले खोले संसदीय जनसम्पर्क कार्यालय

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट हालै निर्वाचित प्रतिनिधि सभा सदस्य डा. सीके राउत संसदस्य जनसम्पर्क कार्यालय स्थापना गरेका छन् ।

मतदाताले आफ्नो समस्याबारे जानकारी गराउन सांसद खोज्दै भौतारिनु नपरोस् भनेर नवनिर्वाचित सांसद राउतले राजविराजस्थित कुनौली मोडमा संसदीय जनसम्पर्क कार्यालय सत्तचालनमा ल्याएको बताएका छन् ।

‘पहिला जस्तो आफ्नो सांसद्लाई कहाँ खोज्ने, कहाँ भेट्ने, कहाँ समस्या बताउने भनेर अब चिन्तित हुनुपर्दैन वा काठमाडौं गएर आफ्नो सांसद्लाई खोजिराख्नु पर्दैन,’ कार्यालय स्थापना गरेपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सप्तरी–२ का लागि संसदीय जनसम्पर्क कार्यालय, सम्पर्क नम्बर र जनआवाज पेटिका आज राजबिराज कुनौली मोडनजिक स्थापित ।’

डा. राउत जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।

जनमत पार्टीका अध्यक्ष समेत रहेका डा. राउत जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । उनले जसपा अध्यक्ष यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका छन् ।

राउतले ३५ हजार ४२ मत पाएर विजयी हुँदा यादवले १६ हजार ९७९ मात्रै मत पाए ।