३१ आश्विन २०८३, शनिबार

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको लगातार तेस्रो जित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित हात पारेको छ ।

तेस्रो जित हात पार्ने क्रममा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ११३ रनले पराजित गरेको हो । टीयू क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको २१४ रनको लक्ष्य पछ्याएको गण्डकी ३२.५ ओभरमा १०० रन बनाउँदा अलआउट भयो । गण्डकीका लागि गोविन्द विकले २२ तथा अर्जुन कुमालले २० रन बनाएका थिए ।

कप्तान सुवास भण्डारीले १६ रन जोड्दा करन पंगेनीले १५ रन बनाए । सुदूरपश्चिमका लागि मिलन बोहोराले ६ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४९.३ ओभरमा अलआउट हुँदै २१३ रन बनायो । सुदूरपश्चिमका लागि आकाश चन्दले ४० तथा कप्तान अनुर्ग सिंहले ७१ बलमा ३७ रन बनाए । गण्डकीका लागि कप्तान सुवास भण्डारीले ३ तथा सुदीप अर्याल, सचिनराज अधिकारी, अर्जुन कुमाल, सिब्रिन श्रेष्ठ, निर्तिश गिरी र शिशिर भुषालले समान १/१ विकेट लिएका थिए ।

त्यस्तै प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित हात पारेको छ । पहिलो जित हात पार्ने क्रममा कर्णालीले मधेश प्रदेशलाई २ विकेटले पराजित गरेको हो । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले १३६ रनको लक्ष्य ३४.४ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो । कर्णालीका लागि मोहन बिकले अविजित ३८ रन तथा मनिश थापाले ३२ रन बनाए ।

अनिरुद्ध कवारले १६ रन जोड्दा सुवास ऐरले १४ रन बनाए । मधेशका लागि रञ्जित कुमारले ५ तथा अजित मण्डलले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले ४१.५ ओभरमा अलआउट हुदै १३५ रन बनाएको थियो ।

प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।