१९ कार्तिक २०८३, बिहिबार

संसदमा संकल्प प्रस्ताव आज पारित हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC_Samsad-Todfod9काठमाडौँ, २९ वैशाख । व्यवस्थापिका संसद्को आजको बैठकमा भूकम्प प्रभावितका लागि राहत र पुनःस्थापनाका सम्बन्धमा प्रस्तुत गरिएको ‘सङ्कल्प प्रस्ताव’ माथिको छलफल आज पनि जारी रहेको छ ।

संसद बैठक ११ बजे सुरु भएको छ । आजको बैठकपछि संकल्प प्रस्ताव पारित हुने संसद् सचिवालयले जनाएको छ ।

सांसद्हरूले सङ्कल्प प्रस्तावको कार्यान्वयनको विषय भावना मात्र नभई परिस्थितिको मूल्याङ्कन गरी वास्तविक समस्या बोध गरी एक भएर अघि बढ्नुपर्ने बताउँदै सरकार कमजोर होला र मुलुक कमजोर छैन र विपत्तिमा राजनीतिक सहमति हुन्छ भन्ने सन्देश सो प्रस्तावले दिएको जनाउनुभयो । उहाँहरूले प्रस्तावको प्रभावकारी कार्यान्वयनका लागि सहमतिको राष्ट्रिय सरकार गठनको पनि माग गर्नुभएको थियो ।