२९ आश्विन २०८३, बिहिबार

गोरखा-२: प्रचण्ड स्वतन्त्रका उम्मेदवार बुर्लाकोटी भन्दा १२ हजार ६ सय बढी मतले अगाडि

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता कायम गरेका छन् ।

यो समाचार तयार पार्दासम्म प्रचण्ड निकट्तम प्रतिस्पर्धी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी भन्दा १२ हजार ६ सय बढी मतले अगाडि रहेका छन् ।

प्रचण्डले हालसम्म २१ हजार ७५ मत पाएका छन् भने बुर्लाकोटीले ८ हजार ४ सय ६३ मत पाएका छन् ।

यस्तै, नेकपा एमालेका उम्मेदवार अब्दुससलाम मियाँ ५ हजार ६ सय ३७ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन् ।