
काठमार्डौ, ७ मंसिर । ललितपुर-१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गरेका छन् ।
गठबन्धनकातर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई ४ हजार ६ सय १४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।
राणाले २३ हजार आठ सय ९२ मत प्राप्त गरेका छन् भने एमालेका सिलवालले १९ हजार दुई सय ७८ मत प्राप्त गरे । यसअघि विसं २०७४ मा पनि प्रतिनिधिसभाका लागि राणा र सिलवाल नै प्रतिस्पर्धामा थिए ।
२०७४ मा यस क्षेत्रबाट सिलवालले २६ हजार नौ सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभामा जित हासिल गर्दा राणाले २० हजार सात सय २९ मत प्राप्त गर्दै सिलवालसँग पराजित भएका थिए ।















प्रतिक्रिया