काठमाडौ । अन्तर्रािष्ट्रय अहमदिया मुस्लिम समुदायको भातृ संस्था अहमदिया संघ नेपालको आयोजनामा राजधानीमा एक दिवसीय विश्व शान्ति सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनमा नेपाल लगायत भारत, भुटान, श्रीलंका र पाकिस्तानबाट आएका विभिन्न धर्मका धर्म गुरुहरुको सहभागिता रहेको थियो ।
सम्मेलनमा सहभागिहरुले भिन्न भिन्न धर्मावलम्बिहरु एउटै स्थानमा जम्मा भएर शान्तिका लागि कामना गर्नुले समाजमा शान्ति, एकता र सद्भावको सन्देश दिएको धारणा राखेका थिए । कार्यक्रममा कुरान, बेद, बाईवल, त्रिपिटक लगायत सबै धर्मका स्तोत्रहरु पाठ गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहण गर्दै अहमदिया संघका अन्तराष्ट्रिय अध्यक्ष मोहम्तरम जाहिर अहमद खादिमले कुनै पनि धर्मले हत्या, हिंसा र आंतकलाई अस्वीकार गरेको धारणा राख्दै मुस्लिम धर्मका नाममा संसारमा भैरहेका हिंसात्मक गतिविधिहरु मुस्लिम समुदायको पवित्र धर्मग्रन्थ कुरानले अंगिकार गरेको मान्यता विपरित भएको धारणा राख्नु भएको थियो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै हिन्दू विद्यापीठमा संस्थापक अध्यक्ष डा चिन्तामणी योगीले दया र धर्मका माध्यमबाट सामाजिक सद्भाव कायम गर्दै जातीय विभेद र धामिर्क असहिष्ण्ँुताको अन्त्य गर्नु हिन्दू दर्शनको मुलमन्त्र भएको विचार व्यक्त गर्नु भएको थियो ।
विभिन्न धर्मका अगुवाहरु एउटै मञ्चमा जम्मा भएको उक्त शान्ति सम्मेलनलाई रंगिचंगि फुलबारीको बगैचाको संज्ञा दिदै त्रिश्चियन धर्मका गुरु विशप डा. नारायण शार्माले शान्ति सम्मेलनले फूलवारीमा थप सुगन्ध थप्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उपराष्ट्रपति परमानन्द झाले दिनुभएको शुभकामना सन्देश पढेर सुनाईएको थियो । कार्यक्रममा विभिन्न धर्मका धर्मगुरुहरुका साथै राजनीतिक दलका नेता, समाजसेवी, नागरिक समाजका अगुवा तथा संचारककर्मीहरुको समेत सहभागिता रहेको थियो ।













प्रतिक्रिया