
काठमाडौं, ६ मंसिर । प्यूठानमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सूर्य थापाले फराकिलो मतान्तरसहितको अग्रतालाई निरन्तरता दिएका छन् ।
मतपरिणाम अनुसार थापाले ८ हजार ६४३ मत प्राप्त गरेका छन् भने उनको निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ६ हजार २५१ मत प्राप्त गरेकी छन् ।
निर्वाचन आयोगका अनुसार यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण प्रसाद पोख्रेलले ३१४ मत ल्याउँदा नेकपा मालेका माधव सिं केसीले २४२ मत ल्याएका छन् ।












प्रतिक्रिया