काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसे बजार नजिक आज (बिहीबार) बिहान सुमो (जीप) दुर्घटना भएको छ ।
दुर्घटनामा सात घाइते भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।
हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
घाइतेलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको डिएसपी काफ्लेले बताए ।












प्रतिक्रिया