
कास्की, ६ मंसिर । कास्की–१ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार मन बहादुर गुरुङले अग्रता कायम राखेका छन् ।
पछिल्लो विवरण अनुसार यहाँ एमाले उम्मेदवार गुरुङले ५ हजार ८०६ मतसहित अग्रता कायम गरेका हुन् ।
उनलाई सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर दत्त बरालले ५ हजार ५२ मतसहित पछ्याइरहेका छन् ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले ७१८ मत प्राप्त गरेका छन् ।











प्रतिक्रिया