२९ आश्विन २०८३, बिहिबार

राप्रपाले पनि खोल्यो जितको खाता: काठमाडौं-२ को प्रदेश सभा ‘१’ मा सुनिल केसी विजयी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रदेश सभातर्फबाट जितको खाता खोलेको छ ।

काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश सभा ‘१’ मा राप्रपाका उम्मेदवार सुनिल केसी विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सानुकुमार श्रेष्ठलाई पराजित गरे ।

केसीले ६ हजार ५ सय ९८ मत ल्याए भने एमालेका श्रेष्ठले ५ हजार ७९ मत पाए । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार ध्रुव केसीले ३ हजार ८ सय ४७ मत पाए ।