
काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापा यो पटक पनि काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले नेकपा एमालेका राजन भट्टराईलाई भारी मतान्तरले पराजित गरेका हुन् ।
जित लगत्तै गगनले अब प्रधानमन्त्रीको प्रतिस्पर्धाको तयारीमा लाग्ने बताएका छन् । देश हाँक्न नेपाली जनताले नयाँ चालक खोजेको भन्दै गगनले संसदीय दलको निर्वाचनको तयारीमा आजैबाट जुट्ने बताए ।
देशलाई हाँक्ने चालक कांग्रेसभित्रै रहेका भन्दै गगनले पार्टीभित्र पनि यसको बहस सुरु भइसकेको बताएका छन् । गगनले मतदाताको इच्छा आफू प्रधानमन्त्री हुनुपर्ने रहेको उनले दाबी गरे ।
‘मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ,’ उनले भने ।’ उनले यो निर्वाचनमा गठबन्धनले नै बहुमत ल्याएर सरकार बनाउने दाबी गरे ।















प्रतिक्रिया