
काठमाडौं, ६ मंसिर । जारी मतगणनामा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिएको छ ।
एमालेका उम्मेदवार सरेश नेपालले ३ हजार ८५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् भने उनलाई सत्ता गठबन्धनकाबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटाले २ हजार ९ सय १ मतसहित पछ्याइरहेका छन् ।
सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्ठले ४७१ मत प्राप्त गरेका छन् भने नेकपा मालेका कृष्ण बहादुर ठकुरीले १११ मत र राप्रपाका नारायण पाण्डेले १०६ मत प्राप्त गरेका छन् ।











प्रतिक्रिया