३० आश्विन २०८३, शुक्रबार

विपत्तिमा सहयोग जुटाउँदै दुर्गिस फिल्म्स र सन्त निरंकारी मण्डल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunil rawal 2

– सुशिल नेपाल 

पाल्पा २८, वैशाख । नेपाली चलचित्र नगरीमा एउटा सफल र प्रतिष्ठित ब्यानर दुर्गिस फिल्मसले पनि महाभूकम्पमा परेका नेपाली नागरिकलाई आवश्यक राहत र सहयोग जुटाइरहेको छ ।

केहि दिन अघि मात्रै नेपालका बिकट गाउँ नाग्लेभारे, काभ्रेस्थली, रामकोट लगायतका बिभिन्न स्थानमा गएर राहत वितरण गर्दै आएको यस ब्यानरले आफनो समाजप्रतिको सेवाभाबलाई अगाडी बढाउँंदै आएको छ ।

दुर्गिस फिल्म्सले सन्त निरंकारी मण्डल नेपालसंग कोर्डिनेसन गर्दै आइतबार मात्र करिब २१ लाख बराबरको राहत सामाग्री ललितपुर सीडीओ कार्यालयलाई हस्तान्तरण गरेको जनाएको छ । त्यस्तै हिजो मात्रै भक्तपुरको सुडाल गाबिसमा ३६ वटा त्रिपाल ,गोदावरीको कोट गाबिसमा २०० थान त्रिपाल र ब्ल्याङकेट पनि बितरण गरेको जनाएको छ ।

sunil rawal 1त्यस्तै यस सन्त निरंकारी मण्डल र दुर्गिस फिल्म्सले आज बिहान प्रधानमन्त्री दैवि उद्दार राहत कोषमा जम्मा हुँने गरि पाँच लाख रुपैंयाँको राहत चेक सहयोग गरेको निर्माता सुनिल रावलले वताए ।

प्रधानमन्त्रीको निवासमा सन्त निरंकारी मण्डल नेपालका प्रमुख अध्यक्ष नर बहादुर रावल, सचिव अनिल महर्जन, उपायक्ष कृष्ण पन्त लगायत दुर्गिश फिल्मसका लागि निर्माता सुनिल रावल लगायतको उपस्थितिमा प्रधानमन्त्री निवासमा पुगी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार म्रीदूला कोईराला लाई अध्यक्ष नर बहादुर रावलले चेक हस्तान्तरण गरेका हुन् ।

sunil rawal 3यस कार्यक्रमको कोर्डिनेसन गर्दै आएका दुर्गिस फिल्म्सका लागि निर्माता सुनिल रावलले पनि यो बिपतको बेला युवा जोश र जाँगर कायम गर्दै, देशको जुन अवस्था छ त्यसलाई मध्ये नजर गर्दै निराश नभई अगाडी बढ्नुपर्ने बताए ।

अबको योजना छ भन्ने दैनिक नेपालको प्रश्नमा निर्माता रावलले भने “हामी सहयोग र राहत बितरणमा नै लाग्ने छौ भोलि मंगलबार काभ्रेको बिकट गाउँहरुमा जाने र पर्सि बुधबार कुरिनटारको चेपांग बस्ति लगायत गोर्खा सम्म पुग्ने योजना बनेको छ । निर्माता रावल एउटा सफल निर्माता पनि मानिन्छन । उनले निर्माण गरेको चलचित्र भदौ ४ मा रिलिज हुँदैछ ।