
ललितपुर, ४ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ को एक वडामा मतदान रोकिएको छ ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार क्षेत्र नम्बर ३ मा पर्ने वडा नं २८ अन्तर्गत वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र समानुपातिक मतपेटिकामा र समानुपातिक मतपत्र प्रत्यक्षतर्फको मतपेटिकामा परेपछि मतदान रोकिएको हो ।
हाल रोकिएको मतदान केन्द्रमा सर्वदलीय छलफल भइरहेको बताइएको छ ।
जिल्लामा जारी मतदानमा दिउँसो १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान भएको छ ।












प्रतिक्रिया