
मकवानपुर, ४ मंसिर । । मकवानपुरमा जारी मतदानमा ३० प्रतिशत मत खसेको छ ।
बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका शाखा अधिकृत गोविन्दप्रसाद पौडेलका अनुसार जिल्लामा २ बजेसम्म ३० प्रतिशत मत खसेको हो ।
जिल्लामा चिसोको कारण बिहानको समयमा अधिकांश मतदान केन्द्रमा मतदाताको उपस्थिति कम रहेको तर दिउँसो घाम लागेपछि मतदाताको उपस्थिति बढेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाको सबै क्षेत्रमा हालसम्म शान्तिपूर्ण ढंगबाट मतदान जारी रहेको कार्यालयले जनाएको छ ।
प्रत्यक्षतर्फ २ संघीय क्षेत्र र प्रदेशतर्फ ४ क्षेत्र रहेको जिल्लामा ३ लाख ७ हजार ३३ जना मतदाता रहेका छन् ।











प्रतिक्रिया