
काठमाडौं, ३ मंसिर । निर्वाचन गराउनका लागि सोलुखुम्बु पुगेका मतदान अधिकृत मृत फेला परेका छन् ।
नेचासल्यान गाउँपालिका-४ स्थित फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय मृत फेला परेका हुन् ।
राति सुतेका उनी बिहान मृत फेला परेका प्रहरीले जानकारी दिएको छ ।
उनको मृत्युबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।













प्रतिक्रिया