
काठमाडौं, १ मंसिर । भारतको पब्लिक रिलेसन्स काउन्सिल अफ इन्डिया (पीआरसीआई) ले पत्रकार कपिल काफ्लेलाई चाणक्य अन्तर्राष्ट्रिय अवार्ड, २०२२ प्रदान गरेको छ ।
कोलकतास्थित न्यू टाउनमा कात्तिक २४ देखि २६ सम्म चलेको १६औं अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा पीआरसीआईले नेपाल समाचारपत्रका सम्पादक समेत रहेका काफ्लेलाई चाणक्य अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरेको हो ।
संस्थाले भारतमै विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने विविध क्षेत्रका व्यक्तिलाई पुरस्कृत गर्न वार्षिक रूपमा आयोजना गर्ने यस कार्यक्रममा मिडिया क्षेत्रमा योगदान पुर्याउने अन्तर्राष्ट्रिय क्षेत्रका व्यक्तिलाई समेत विगत केही वर्षदेखि पुरस्कृत गर्दै आएको छ ।
काफ्लेलाई प्रदान गरिएको प्रमाणपत्र तथा संस्थाको पुरस्कृत व्यक्तित्व परिचय पुस्तिकामा मिडियाको माध्यमद्वारा मानवअधिकारको प्रवद्र्धन गरेका कारण यो पुरस्कार प्रदान गरिएको जनाइएको छ । ‘ह्युमन राइट्स कम्युनिकेटर अफ द इयर, २०२२’ नाम दिइएको सो पुरस्कार पीआरसीआईका अध्यक्ष एमबी जयरामले प्रदान गरेका थिए ।












प्रतिक्रिया