३ मंसिर २०८३, बिहिबार

दल त्याग गर्ने जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद स्वतः रिक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः रिक्त भएको जनाएको छ ।

आयोगले प्रकाशन गरेको सूचनाअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको जानकारी प्राप्त भएकाले २०८३ मंसिर २ गते पद रिक्त हुने निर्णय गरिएको हो ।

पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत कार्य गरी दल त्याग गरेको व्यहोरासहित केन्द्रीय समन्वय समितिको निर्णयको प्रतिलिपि आयोगमा प्राप्त भएपछि नियमावलीको नियम २२ को उपनियम (२) अनुसार सूचना सार्वजनिक गरिएको जनाइएको छ ।

सिराहाको लहान नगरपालिकाका उपप्रमुख रामचरितर महतो, सखुवानन्कारकट्टी गाउँपालिका–४ का वडा अध्यक्ष रमेशकुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडा अध्यक्ष विजयकुमार महतोको पद रिक्त भएको छ ।

यस्तै, पर्साको कालिकामाई गाउँपालिका–१ का वडा अध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडा अध्यक्ष सञ्जयकुमार पटेलको पद पनि रिक्त भएको छ ।

खोटाङको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई र केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईको पद रिक्त भएको छ ।

खोटाङकै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० का वडा अध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, वडा दलित महिला सदस्य गिता विक, वडा सदस्यद्वय रामधन राई र शहर मनी राई तथा नगरकार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नालको पद रिक्त भएको छ ।

यसैगरी, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडा अध्यक्ष बालचन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडा अध्यक्ष छत्रबहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्वाङ, सन्दकपुर गाउँपालिका–४ का वडा अध्यक्ष ढालबहादुर गुरूङ र सुनसरीको कोशी गाउँपालिका–६ का वडा अध्यक्ष जुडिलाल कौडगियाको पद स्वतः रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।