३ मंसिर २०८३, बिहिबार

आज राति १२ बजेदेखि ‘स्थिर समय’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनको ‘स्थिर समय’ (मौन अवधि) आज राति १२ बजेदेखि सुरु हुने जनाएको छ ।

आयोगले ‘स्थिर समय’मा प्रचारप्रसार लगायत कुनै पनि चुनावी गतिविधि गर्न नपाइने जनाएको छ ।  निर्वाचन आयोगका आयुक्त रामप्रसार भण्डारीका अनुसार निर्वाचनको ४८ घण्टाअघि ‘समय स्थिर’ लागू गरिएको छ ।

‘स्थिर समय’ मा कसैले प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने आयोगले जनाएको छ ।