
फिक्कल, १ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङले इलामको विकट क्षेत्र विकसित बन्दै गएको बताएका छन् ।
इलाम क्षेत्र नं २ बाट उम्मेदवाररहेका नेम्वाङले फाकफोकथुममा बुधबार आयोजित चुनावीसभामा भने, “यो क्षेत्र इलामको कर्णाली भनेर चिनिने विकट क्षेत्र थियो तर अहिले धेरै विकास निर्माणका काम भएका छन् ।”
एमालेको नेतृत्वमा सडकदेखि पुलसम्मका सयौँ आयोजना सम्पन्न भएपछि इलाम क्षेत्र नं २ समृद्धिको बाटोमा अघि बढेको उनको भनाइ छ । “कुनै बेला यो ठाउँमा एक लाइन टेलिफोन सेवा थिएन । म निर्वाचित भएयता थुप्रै काम भएका छन्”, उनले भने, “अब यहाँ कसैले कल्पना गर्न नसक्ने विकास हुनेछ । त्यसको जिम्मा म लिन्छु ।”
नेम्वाङ यसअघि २०५६, २०६४, २०७०, २०७४ का सबै संसदीय निर्वाचनमा निर्वाचित भएका छन् । “अब यस क्षेत्रका नागरिकले भरपर्दो उपचार पाउने अस्पताल निर्माणमा हामी लाग्छौँ ।”
नेम्वाङले भने, “चुनावपछि एमालेको नेतृत्वमा सरकार बन्छ । तत्काल यो क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माणको थालनी गर्छौँ ।”












प्रतिक्रिया