२९ आश्विन २०८३, बिहिबार

मतदातालाई पैसा बाँड्न गन्धर्व बस्ती छिरेका मन्त्री थापा स्थानीयद्वारा समातिए

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । गन्धर्व बस्तीमा रातिको समयमा पैसा बाँडन पुगेका गण्डकी प्रदेशका कानुनमन्त्री एवं नेपाली कांग्रेसबाट कास्की २(२) का उम्मेदवार विन्दुकुमार थापालाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

पोखरा-१६ बाटुलेचौरको गन्धर्व बस्तीमा उनलाई स्थानीयले साँझ साढे सात बजे नियन्त्रणमा लिएका हुन् ।

थापालाई स्थानीयले नियन्त्रणमा लिएपछि उनीहरूले निर्वाचन आयोग र प्रहरीलाई खबर गरेका थिए ।

थापालाई नियन्त्रणमा लिएपछि स्थानीयले थापाको उम्मेदवारी खारेज गर्नुपर्ने मागसहित नाराबाजीसमेत गरेका थिए । उनलाई स्थानीयले डेढ घण्टा नियन्त्रणमा राखेपछि प्रहरीको रोहवर  छाडेका छन् ।