२९ आश्विन २०८३, बिहिबार

७१ जना युवाहरुलाई पार्टी प्रवेश गराउँदै पोखरेलले भने- काठमाडौं-५ मा एमालेको पक्षमा लहर आइसक्यो

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । काठमाडौंको टोखा नगरपालिकामा ७१ जना युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

टोखा नगरपालिकाका विभिन्न वडाका काँग्रेस र माओवादीमा आबद्ध तथा स्वतन्त्र रहेका ७१ जना युवाहरु विकेश थापा मगर र राजेन्द्र लामाको नेतृत्वमा नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

बसुन्धारामा आज साँझ आयोजित कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले उनीहरुलाई पार्टीमा प्रवेश गराए । वरिष्ठ उपाध्यक्ष पोखरेलले युवाहरुको भावनालाई आफूले सम्मान गर्दै उचित जिम्मेवारी दिने बताए ।

काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेको पक्षमा लहर आएको बताउँदै उनले यस क्षेत्रको जनताको माया, स्नेह र सकारात्मक प्रतिक्रियाबाट आफूहरु उत्साहित भएको बताए । काठमाडौं क्षेत्र नम्बर ५ को विकासको नेतृत्व एमालेले लिने उनले बताए ।

थापासीस्थित सामाजिक संस्था ओयसिस क्लवका संस्थापक अध्यक्ष रहेका राजेन्द्र लामाले ईश्वर पोखरेलबाट प्रभावित भएर आफूहरु एमाले प्रवेश गरेको बताए।

कार्यक्रमलाई नेकपा एमाले केन्द्रीय सदस्य एवं निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारी र काठमाडौं ५ (२)का प्रदेश सभा सदस्यका उम्मेदवार एवं एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले सम्बोधन गरेका थिए।