
काठमाडौं, ३० कात्तिक । नेपालले पाहुना टोली पाकिस्तानलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको मैत्रीपूर्ण खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले हराएको हो ।
दशरथ रंगशालामा ५० औं खेल खेलेको नेपाललाई जित दिलाउन अन्जन विष्टले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा अन्जनले गोल गरेका हुन् ।
अन्जन खेलको ‘प्लेयर अफ द म्याच’ समेत चुनिए ।नेपालले पछिल्लो पटक पाकिस्तानसँग २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २-१ ले पराजित भएको थियो ।













प्रतिक्रिया