२९ आश्विन २०८३, बिहिबार

नक्कली मतपत्रसहित भारतीय पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । मंसिर ४ गतेको निर्वाचन नजिकिँदै गर्दा नक्कली मतपत्र ओसारपसार भइरहेको पाइएको छ ।

प्रहरीले नक्कली १५ हजार मत्रपत्रसहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका-२ दसौतास्थित १५ हजार नक्कली मतपत्रसहित बिहारका ४० वर्षीय हजाजत अहमद पक्राउ परेका हुन् ।

नक्कली मतपत्र भारतबाट ल्याइएको प्रहरीले जनाएको छ । अहमतमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।